मालिन्दो एयरको जहाज दुर्घटनाका कारण अन्तराष्ट्रिय उडान र अवतरण बन्द

810
views

काठमाडौँ, ७, वैशाख । गएराती मालिन्दो एयरको जहाज दुर्घटना भएपछि नेपालको एकमात्र अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा आज दिउँसो १२ बजेसम्मका लागि अन्तराष्ट्रिय उडान र अवतरण बन्द गरिएको छ ।

काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ प्रस्थान गर्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा भासिएपछि विमानस्थलमा अन्तराष्ट्रिय उडान अवतरण ठप्प भएको विमानस्थल प्रशासनले जनाएको छ । उडान र अवतरण बन्दका कारण विदेशबाट यात्रु लिएर आएका विमानहरु फर्किएका छन् । धावनमार्गबाट चिप्लिएर चौरमा पुगेको विमान नहटाइएसम्म उडान अवतरण गराउन नसकिने विमानस्थलले जनाएको छ ।

विमानस्थलका एक अधिकारीका अनुसार दुर्घटनामा परेको मालिन्दो जहाजलाई नेपालमा भएको उपकरण र प्रविधिको प्रयोगबाट पन्छाउने काम भइरहेको र यदि नेपालको प्रविधिले नसेकमा भारतबाट उपकरण ल्याएर हटाउनुपर्नेछ ।