त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्टिय उडान पुनः सुरु

825
views

काठमाडौँ, ७, वैशाख । विहीबार रातीदेखि अवरुद्ध भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुचारु भएको छ । काठमाडौंबाट बिहीबार राति १० ः १० बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न खोजेको मालिन्दो जहाजलाई भासिएको ठाउँबाट धावनमार्गमा निकालिएपछि अन्तराष्ट्रिय तथा आन्तरिक उडान सुचारु भएको विमान स्थल प्रशासनले जनाएको छ ।

मालिन्दो एयर, बि. ७३७ ९९०० सिरिज, उडान नम्बर ओडि १८१, रजिस्ट्रेसन नम्बर ९ यम। यलयनजे० को ककपिटको स्कृनमा समस्या देखिएपछि पाइलटले उड्नका लागि धावन मार्गमा गुडिसकेको जहाज आकस्मिक रुपमा रोक्ने प्रयास गर्दा जहाज रन वे बाट चिप्लिएर ४० मिटर अगाडि पुगी धस्सिएको थियो ।