बार्सिलोनाले जित्यो कोपा डेल रे फुटबलको उपाधि

711
views

काठमाडौं, ९, बैशाख । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । गएराति भएको फाइनलमा सेभियालाई ५(० को फराकिलो गोल अन्तरमा हराउँदै बार्सिलोनाले लगातार चौथो पटक कोपा डेल रे को उपाधि जितेको हो ।

किङ्स कप पनि भनिने कोपा डेल रे फुटबल प्रतियोगितामा समग्रमा भने बार्सिलोनाको यो ३० औं उपाधि हो । बार्सिलोनालाई जिताउन लुइस सुवारेजले दुई तथा लियोनेल मेस्सी, आन्द्रे इनिएष्टा र कौटिन्होले एक एक गोल गरे ।

सेमिफाइनलमा एथ्लेटिको मड्रिडलाई हराएर प्रतियोगिताको फाइनल पुगेको सेभिया फाइनलमा भने बार्सिलोना सामु निरीह देखियो ।