मार्क्स र लेनिनको तस्बिर छुटेपछि एमाले–माओवादी संयुक्त कार्यक्रममा विवाद

1188
views

काठमाडौं, ९ बैशाख । पार्टी एकताको प्रक्रियामा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा मनाउन लागेको नेकपा स्थापना दिवशको व्यानरमा विवाद भएको छ ।

राष्ट्रिय सभागृहमा पार्टी एकता संयोजन समितिले आयोजना गरेको नेकपा स्थापना दिवश तथा लेनिन जयन्तीको कार्यक्रमको व्यानरमा माक्र्स र लेनिनको तस्बिर नभएको भन्दै माओवादी निकटहरुले नाराबाजी गरेका थिए । विरोध भएपछि व्यानरलाई हटाइएको छ ।

व्यानर हटाएपछि एमाले निकट युवाहरुले पनि व्यानर विना कार्यक्रम हुन नसक्ने भन्दै नारा लगाएका थिए । कार्यक्रम हलमा टाँगिएको व्यानरमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर सहित एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको तस्बिर राखिएको थियो ।