भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमण आउने

1237
views

काठमाडौँ, १० बैशाख । यही बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् । तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका बारेमा सामान्य जानकारी आए पनि मिति तय नभएको बताए ।

भारतीय सञ्चारमाध्यमले भने त्यहाँको विदेश मन्त्रालयका कूटनीतिक स्रोतलाई आधार मान्दै प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल भ्रमणमा जाने तय भएको समाचार सम्प्रेषण गरेका छन् ।

प्रधानमन्त्री मोदी काठमाडौँ आएपछि जनकपुर भ्रमणमा जाने कार्यक्रमसमेत तय भएको छ । यसअघि नेपाल भ्रमणमा आएको बेला प्रधानमन्त्री जनकपुर जाने कार्यक्रम तय भए पनि सुरक्षाको कारण देखाउँदै रद्द भएको थियो ।