इजीलिंक रेमिट्यान्स र सानिमा बैंकबीच सम्झौता

3230
views

काठमाडौँ । विगत १९ बर्षदेखी देशमा रेमिट्यान्स भित्राउदै आएको सेवा प्रदायक कम्पनी इजीलिंक रेमिट्यान्स प्रा.लि. र सानिमा बैंक लिमिटेड बीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।

इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक दिपेन्द्र खनाल, अपरेशन म्यानेजर शालिकराम दाहाल र सानिमा बैंकका वित्तिय अधिकृत सरोज गुरागांई, विप्रेषण विभाग प्रमुख निमेष श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतापछि अब विश्वका विभिन्न देशबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम सानिमा बैंकका देशभरी रहेका ५८ शाखाहरुबाट भुक्तानी लिन सकिने भएको छ ।

सम्झौतापछि इजीलिंक रेमिट्यान्सका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन थप सहज हुने जानकारी दिए ।

इजीलिंक रेमिट्यान्सले विगत १९ बर्षदेखी विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँन देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तिब्र पारेको छ ।

विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजीलिंक रेमिट्यान्सका पाँचहजार भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले बताए ।