नेविसंघ नेतृत्वलाई गुट बचाउन लागेको आरोप

927
views

काठमाडौँ, १०, बैशाख । नेपाल विद्यार्थी संघका केही पदाधिकारीले पार्टी सभापतिको ध्यानाकर्षण गराएका छन् । संगठनको नेतृत्व विधानविपरीत चलेको भन्दै नेपाल विद्यार्थी संघका पदाधिकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन् ।

नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा रहेको टोलीले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति देउवालाई भेटेर संगठनको नेतृत्वले विधानविपरीत काम गरेको भन्दै ध्यानाकर्षण गराएको छ ।

१२ औँ महाधिवेशन आउन चार महिना बाँकी रहँदा पनि नेतृत्वले विधानलाई कुल्चेर महाधिवेशन गर्न आलटाल गरेकाले सभापतिको ध्यानाकर्षण गरिएको नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिए । नेविसंघ नेतृत्व विद्यार्थी हकका लागिभन्दा पनि गुट बचाउन लागेको उपाध्यक्ष अधिकारीको भनाइ छ ।