टोल टोलमा भर्ना अभियान

1040
views

विकासराज पौडेल
पर्वत, ११ वैशाख । देशभर भर्ना अभियान चलिरहेका बेला “हामी सबैको इच्छा, निशुल्क अनिवार्य आधारभुत शिक्षा’’ भन्ने नाराका साथ यहाँको एक युवा महिला सन्जालले गाउँ र टोल टोल पुगेर नै भर्ना अभियान सञ्चालन गरेको छ ।

पर्वतको फलेवास नगरपालिका वडा न. ५ खानिगाउँमा गठित खानिगाउँ युवा महिला सन्जालले वडाका विभिन्न टोल टोलमा पुगेर नयाँ शैक्षिक सत्र २०७५ का लागि भर्ना अभियान सञ्चालन गरेको हो ।

विभिन्न कारण विद्यालय जान नपाएका बालबालिकाहरुलाई विद्यालयको दायरासम्म पुर्याउने उद्देश्यका साथ भर्ना अभियान सञ्चालन गरिएको खानिगाउँ युवा महिला सन्जालकि अध्यक्ष लिवियाना चौहानले बताईन् ।

सन्जालका २५ जना भन्दा बढि युवा महिलाहरुको नेतृत्वमा खानिगाउका घर घरमा पुगेर अभिभावकसगँ भेटघाट गरि आफ्ना बालबालिकाहरुको उज्वल भविष्यका लागि बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराइ शैक्षिक वातावरण सृजना गरिदिनुहुन अनुरोध गरेको अध्यक्ष चौहानले बताईन्

सन्जालले वडामा रहेका अति बिपन्न गरिब तथा आर्थीक स्थिति कमजोर भएका बालबालिकाहरुलाई थोरै मात्रमा भए पनि उनिहरुको शैक्षिक स्तर वृद्धिका लागि आर्थीक तथा शैक्षिक सामन सहयोग गर्ने सन्जालकी सदस्य सम्झना दर्जीले बताईन् ।

आइतबार र सोमबार गरि २ दिनसम्म सञ्चालन गरिएको भर्ना अभियान कार्यक्रममा खानिगाउँका १ सय ५० भन्दा बढी घरमा पुगेको चौहानले जानकारी दिईन् ।

प्लान इन्टरनेशनल नेपालको सहयोग र इनप्रेड नेपालको समन्वयमा खानिगाउँमा गठित खानिगाउँ युवा महिला संजालले बिगतका दिनदेखि नै सामाजिक क्षेत्रमा विभिन्न सचेतनामुलक कार्यक्रम तथा उल्लेखनिय कामहरु गर्दै आइरहेको छ ।