भिजिट भिषाबारे पुनर्ः्विचार गर्न माग

627
views


युएई, १४ बैशाख ।
– नेपाल सरकारले युएई लगायत अन्य खाडी मूलुकमा भिजिट भिषामा भ्रमण गर्न र युएईबाट घर बिदामा गएका घरेलु कामदारलाई पुन युएई आउन अध्यागमनले लगाएको प्रतिबन्ध तत्काल खुलाउन माग राख्दै चौध राजनितिक संगठन र नेपाली संघसस्थाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापन पत्र बुझाएका छन् ।
युएईमा रहेका राजनीतिक र सामाजिक संघ संस्थाले नेपाली राजदूताबास युएईका कार्यबाहक राजदूत नेत्र बहादुर टण्डनमार्फत नेपाल सरकार प्रधानमन्त्री कार्यालय,गृह मन्त्रालय,परराष्ट्र« मन्त्रालय र श्रम मन्त्रालयलाई समेत जानकारी गराउनेगरी संयुक्त रूपमा ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा भिजिट भिषा रोक्ने बहानामा रोजगारीको लागि आऊने सर्वसाधारण नेपाली कामदारको रोजगारोटी खोस्ने काम सरकारले गरेकाले नागरिकको मर्म र भावनालाई नेपाल सरकारले तत्काल संम्बोधन गरी समस्याको समाधान गर्ने कुरामा आशाबादी रहेको उल्लेख छ । बैदेशिक रोजगार निमावलीमा युएईसँग श्रम सम्झौता भैसकेको र घरेलु कामदार समन्धि स्पष्ट निति युएई सरकारले ल्याईसकेको अबस्थामा नेपाल सरकारको यस्तो निर्णयले दुई देश बिचको कुटनीतिक सम्बन्धमा समेत असर पर्न सक्ने बिज्ञहरू बताउँछन् ।