पञ्जावसँग ४ रनले दिल्ली पराजित

575
views

काठमाडौँ, ११ वैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सको खराब लय जारी छ । गएराति भएको खेलमा दिल्लीलाई किङ्स ईलेभेन पञ्जावले ४ रनले हरायो ।

दिल्लीमा भएको खेलमा पहिले ब्याटिङ गरेको पाहुना टोली पञ्जावले १ सय ४३ रन मात्रै बनायो । उसका लागि करुण नायरले ३४ रन तथा डेभिड मिलरले ३६ रन जोडे । जवाफमा १ सय ४४ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धा्रित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन मात्रै बनाउन सक्यो ।

दिल्लीका ग्लेन म्याक्सवेलले ५७ रन जोडे पनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् । हारपछि दिल्ली डेयरडेभिल्स आईपिएल अंक तालिकाको पुछारमै रहेको छ ।

६ खेलबाट उसको २ अंक मात्रै छ । विजयी टोली पञ्जाव भने ६ खेलबाट १० अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आइपीएल क्रिकेटमा आज राति मुम्बई इन्डियन्स र सनराईजर्स हैदरावाद भिड्नेछन् ।