धर्मगुरु आसाराम बापू दोषी ठहर

1651
views

बीबीसी । किशोरी बलात्कार मुद्दामा धर्मगुरु आसाराम बापूलाई दोषी ठहर गरिएको छ । भारतको जोधपुर अदालतले आफ्नै भक्तकी छोरीलाई बलात्कार गरेको मुद्दामा आसारामलाई दोषी ठहर गरेको हो ।

सन २०१३ मा ७७ वर्षीय आसारामले १६ वर्षीया किशोरीलाई मनाई आश्रममा बलात्कार गरेका थिए । बलात्कृत किशोरीका बाबुआमा आसारामका भक्त थिए । किशोरी विद्यालय जाँदै गर्दा लडिन्, उनको उपचारका लागि बाबुआमाले आसारामको आश्रममा ल्याए ।

प्रहरीका अनुसार उपचारका लागि आएकी किशोरीलाई आश्रममा नै आसारामले बलात्कार गरेका थिए । धर्मगुरु आसारामका साथै शिवा, शरतचन्द्र, शिल्पी र प्रकाश यो मुद्दामा अन्य अभियुक्त हुन् ।

शिवा आसारामका निजी सचिव हुन् भने शरत छिंतवाडा आश्रमका डाइरेक्टर हुन् जहाँ बलात्कृत किशारी अध्ययन गर्थिन् । शिल्पी सोही आश्रमकी वार्डेन हुन् । प्रकाश आसारामको आश्रमका भान्से हो ।