७७ बर्षकी वृद्धलाई करणी गर्ने १७ बर्षिय युवा पक्राउ

2213
views

पर्वत । पर्वतको मोदी गाउँपालिका–३ देउपुरका एक युवाले ७७ बर्षिय एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ ।

मोदी गाउँपालिका–३ देउपुरका शंकर परियारले जिल्ला ४४ बस्ने बर्ष ७७ की कुश्मा ७ (परिर्वतित नामथर) लाई घरमा कोही नभएको मौका पारी जवरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

परियारले बैशाख ५ गते राती अन्दाजी बेलुकीको समयमा जवरजस्ती करणी गरेकोले उनलाई बैशाख ७ गते प्रहरी चौकी देउपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत पर्वतबाट जवरजस्ती करणी अपराध मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक दिपक थापाले बताए ।