विराटनगरमा रेलबाट कन्टेनर आउन थाल्यो

1237
views

काठमाडौं । अहिलेसम्म वीरगन्ज नाका मात्र तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय रेल्वे सञ्जालमार्फत समुद्री बन्दरगाहबाट जोडिएकोमा बुधबारदेखि विराटनगर नाकामा पनि उक्त सुविधा सुरु भएको छ ।

नेपालका लागि विदेशबाट आयातित मालसामान बोकेका कन्टेनर लिएर बुधबार एक समारोह बीच कोलकाताबाट पहिलो र्याक ९कन्टेनरबाहक रेल० विराटनगर नाकाका लागि हिँडेको छ ।

विराटनगर नजिकै सीमापारी रहेको बथानाहा रेल्वे स्टेसनमा मगाई विराटनगर नाकाबाट कन्टेनर नेपाल भित्र्याउने सुविधा अब थपिएको हो ।

वीरगन्जमा सुक्खा बन्दरगाह स्थापना हुनुअघि यसैगरी कोलकाता बन्दरगाहबाट सीमावर्ती भारतीय सहर रक्सोलसम्म स्टेसनमा कन्टेनर मगाई नेपाली व्यापारीले भित्र्याउने गरेका थिए ।

अब त्यस्तै सुविधा नेपालको अर्को ठूलो नाकामा थपिएपछि व्यापारमा यसबाट सहजता हुने कोलकातास्थित भारतका लागि नेपाली महावाणिज्यदूत एकनारायण अर्यालको भनाइ छ । नागरिकमा समाचार छ ।