राजस्व संकलन अब विद्युतीय भुक्तानी प्रणालीबाट

900
views

काठमाडौं । सरकारले बुधबारदेखि राजस्व संकलनमा विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ । बुधबारदेखि ठमेलस्थित करदाता सेवा कार्यालयबाट विद्युतीय भुक्तानी प्रणाली आरम्भ गरिएको हो ।

चालू आर्थिक वर्षको असार मसान्तसम्म साना–ठूला सबै प्रकारका राजस्व भुक्तानीलाई यो प्रणालीमा आबद्ध गरिने अर्थमन्त्रालयका राजस्व सचिव शिसिर कुमार ढ्ुंगानाले जानकारी दिए । सोहि अवसरमा नेपाल क्लियरिङ हाउस लिमिटेड र बैंकहरुबीच प्रणाली विकास भइसकेको उनले जानकारी दिए ।

अर्थमन्त्री डा.युवराज खतिवडाले पदभार ग्रहण गर्दा पहिलो रुपमा राजस्व संकलनलाई विद्युतीय भुक्तानी प्रणालीमा लैजाने घोषणा गरेका थिए । सोहि अनुसार १ बैशाखदेखि नै यो प्रणाली कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको थियो । आजको नयाँपत्रिका दैनिकबाट