छुट्टीको दिन

885
views

(गजल)

–परमा अधिकारी ‘कान्छा’
कपाल दारी बनाउनु छ छुट्टीको दिन आज
घरेलु काम सुल्झाउनु छ छुट्टीको दिन आज

धेरै भयो किर्तनमा भजन गाँउन नपाएको
ढोल मादल बजाउनु छ छुट्टीको दिन आज

पल्लो गाँउमा गत हप्ता दुइटा मान्छे मरेअरे
मानु चामल पुर्याउनु छ छुट्टीको दिन आज

आमा मन्दिर गाँऊ घुम्ने छोरी पार्लर बजार
सबको चित्त बुजाउनु छ छुट्टीको दिन आज

छर्छिमेकी आफन्त बोल्नै छाड्यो भन्छ्न् अरे
सबैलाई फोन लगाउनु छ छुट्टीको दिन आज

अस्तिदेखि साथीभाइ तेरो पालो भन्दै थिए
भुटन रक्सी पिलाउनु छ छुट्टीको दिन आज

पल्लो घर कुटुम्मले हिजो मात्र किने अरे
बसाँईं सार्न सघाउँनु छ छुट्टीको दिन आज

झर्को फर्को गर्छिन् उनी भाँडा बर्तन ठटाउँछिन्
समय मिलाई सम्झाउनु छ छुट्टीको दिन आज

हेरिस्वर्ग पेन्सिलभेनिया अमेरिका