दाङमा गहुँ उत्पादन वृद्धि

829
views

दाङ । यस वर्ष दाङमा गहुँ उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालय दाङका अनुसार ३० हजार ५०० मेट्रिक टन गहुँ उत्पादन भएको हो । गतवर्षको तुलनामा एक हजार ४०५ मेट्रिक टनले वृद्धि भएको हो ।

कार्यालयका कृषि प्रसार अधिकृत तथा घोराही उपमहानगरपालिका कृषि शाखाका प्रमुख भरतमणि पोख्रेलले गतवर्ष भन्दा यसवर्ष एक हजार ४०५ मेट्रिक टन बढी गहुँ उत्पादन भएको बताए ।

गत वर्ष जिल्लामा २९ हजार ९५ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । गहुँ खेतीलाई आधुनिकीकरण गरेपछि दाङमा गहुँ उत्पादनमा वृद्धि भएको हो । दाङमा ६५ हजार ५८० हेक्टर जमिनमध्ये १२ हजार ६५० हेक्टर जमिनमा गहुँ खेती गरिदै आएको छ ।