ओली प्रचण्डबीचको एकता छिट्टै हुन्छ– ओली

803
views

काठमाडौँ । नेपाली काँग्रेसलाई कम्युनिष्टका शिष्य बनाउन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गिरिजा प्रसाद कोईरालालाई कुनैबेला कम्युनिष्ट भएको बताउन थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला कुनै बेला कम्युनिस्ट रहेको दाबी समेत गरेका छन् ।

ललितपुरको सानेपामा आयोजित १९ औँ मनमोहन स्मृति दिवसमा ओलीले गिरिजा प्रसाद कोईराला वि.सं. १९९९ देखि वि.सं. २००४ सालसम्म कम्युनिष्ट भएको बताए ।

‘मनमोहनको संगतबाट गिरिजा पाँच वर्षसम्म कम्युनिस्ट भएका थिए’, मनमोहन स्मृति प्रतिष्ठानले ललितपुरको सानेपामा गरेको स्मृतिसभामा बोल्दै ओलीले भने, ‘गैरकम्युनिस्टलाई पक्राउ गरेको भ्रममा पारेर दाजु बीपी कोइरालालाले गिरिजालाई कांग्रेसमा लगेको बताए ।

ओलीले यसअघि कांग्रेसका संस्थापक नेताहरु कम्युनिस्ट भएको र हुन खोजेको बताउँदै आएका थिए । कांग्रेस चुनावमा पराजित भएपछि ओलीले बीपी र गणेशमान बाँचिरहेको भए एमालेमा आइसक्ने दाबी गरे ।

ओलीले नेपाली कम्युनिस्ट आन्दोलनमा मनमोहनको योगदान अतुलनीय रहेको पनि बताए । ’कम्युनिस्ट पार्टी स्थापनाको सात वर्ष पहिले नै मनमोहन भारतको जेलमा बस्नु भएको थियो’, ओलीले भने, ’मनमोहन कहिल्यै बिचलित हुनुभएन । उहाँ एक अविचलित आस्था र निरन्तरताको धरहरा हुनुहुन्थ्यो ।’

केटाकेटीले नबुझेर ब्यानर च्याते

मनमोहन स्मृति दिवस कार्यक्रममा बोल्दै एमाले अध्यक्ष समेत रहेका ओलीले वैशाख ९ गते कम्युनिस्ट एकताका दिन राष्ट्रिय सभामा व्यानर च्यात्नेहरुलाई केटाकेटीले च्यातेकोमा आपत्ति नजनाउन आग्रह गरे ।

‘कम्युनिस्ट एकता दिवसमा केटाकेटीहरुले नबुझेर ब्यानर च्याते । हामीले पनि उनीहरुलाई बुझाउन सकेनौँ’, ओलीले भने, ’कम्युनिस्ट नेता तस्बिर सहितको ब्यानर च्यात्नु केटाकेटीपन हो, यसमा हाम्रो पनि कमजोरी रह्यो ।’

एकता चाँडै

प्रम ओलीले वामपन्थी भन्दा प्रचण्ड र ओलीबीचको एकता छिट्टै हुने बताए । ‘एमाले र माओवादी केन्द्रबीच एकताको घोषणा छिट्टै हुन्छ’, उनले भने, ’यसो हुन सकेमा एउटै कम्युनिस्ट देख्ने मनमोहनको सपना पनि पुरा हुन्छ ।’