शान्ति सम्झौतामार्फत् कोरियाली युद्धको अन्त्य

757
views

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले ‘कोरियाली प्रायद्वीपमा शान्ति, समृद्धि र एकताका लागि पान्मुन्जोम घोषणा’ मा हस्ताक्षर गरेका छन् ।

यस्तो छ  दुई कोरियाबीच भएको सहमतिः
– दुई देशका नागरिकबीच आदानप्रदान सुनिश्चित गर्न उत्तर कोरियाली सीमावर्ती सहर केसोङमा संयुक्त सम्पर्क कार्यालय खोलिने
– अगस्ट १५ मा छुट्टिएका परिवारलाई मेलमिलापको आयोजना गरिने
– दुई देशलाई जोड्ने दोङहे र ग्यनगुइ रेलमार्गलाई प्रयोगमा ल्याइने र अन्य सडकहरुको स्तरोन्नति गरिने
– जमिन, जल र आकाशमा एकअर्का्विरुद्धका शत्रुतापूर्ण सबै गतिविधि रोकिने
– डिमिलटराइज्ड जोनलाई शान्ति क्षेत्र बनाउन मिलेर कार्य गर्ने
– सैन्य वार्ता नियमित गर्ने, रक्षामन्त्री र जर्नेस्तरीय वार्ता मे महिनामा गरिने
– अनाक्रमणको सम्झौतालाई पालन गर्ने
– तनाव घटाउन र विश्वास बढाउन चरणबद्ध रुपमा हतियारको मात्रा घटाउन पहल गर्ने
– कोरिया युद्ध अन्त्यको घोषणा गर्न र युद्धविरामलाई शान्ति सम्झौतामा बदल्न अमेरिकासहित त्रिपक्षीय र चीनसहित चौपक्षीय वार्ताका लागि पहल गरिने
यसबाहेक दुई नेताबीच पनि निम्न सहमति भएका छन्ः
– कोरियाली जनताको विषयमा नियमित छलफल गर्ने, प्रत्यक्ष टेलिफोन वार्ता र शिखरवार्ताहरुको माध्यमबाट विश्वास बढाउने
– अन्तरकोरिया सम्बन्धलाई अघि बढाउन, प्रायद्वीपमा शान्ति, समृद्धि र एकता हासिल गर्न संयुक्त प्रयासलाई अझ बढाउने
– आगामी शरद ऋतुमा राष्ट्रपति मुनको प्योङयोङ भ्रमणको व्यवस्था मिलाउने