आइपिएल क्रिकेटः राजस्थान र कोलकाता विजयी

732
views

काठमाडौं, १७, वैशाख । राजस्थान रोयल्सलाई ११ रनले हराउँदै सनराईजर्स हैदरावाद इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । गएराति टस जितेर पहिले ब्याटिङ रोजेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १५१ रन जोड्यो । उसका लागि कप्तान केन विलियम्सनले ६३ रन तथा अलेक्स हेल्सले ४५ रनको योगदान दिए ।

जवाफमा १५२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १४० रनमात्रै जोड्न सक्यो । राजस्थानका अजिन्क्या रहानेले अविजित ६५ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् ।

आईपिएल क्रिकेटकै अर्को खेलमा कोलकाता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ४ विकेटले हरायो । बैंग्लोरमा भएको खेलमा घरेलु टोलीले दिएको १७५ रनको लक्ष्य कोलकाताले खेलमा ५ बल बाँकी छँदा ४ विकेट गुमाएर पुरा ग¥यो । पाहुना टोली कोलकाताको जितमा सुरुवाती ब्याट्सम्यान क्रिश लिनको अविजित ६२ रन निर्णायक रह्यो ।

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंग्लोरले कप्तान विराट कोहलीको अविजित ६८ रनको मद्दतले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो । आईपिएल क्रिकेटमा आज दिल्ली डेयरडेभिल्स र चेन्नाई सुपर किङ्स भिड्नेछन् ।