१२९ औं अन्तराष्ट्रिय मजदुर दिवसः क्रान्तिकारी ट्रेड यूनियन महासंघले देशैभर मनाउँदै

874
views

काठमाडौँ, १८, वैशाख । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले १२९ औं अन्तराष्ट्रिय मजदुर दिवस आज देशैभर मनाउदै छ ।

महासंघले मई दिवसको अवसरमा बैशाख १८ गते काठमाडौं सुन्धराबाट वृहत् ¥यालीसहित ललितपुरको कुपण्डोलस्थित बैकुण्ठ–चेत साँस्कृतिक भवनमा एक भव्य समारोहका उक्त दिवस मनाउने तयारी गरेको हो ।
१ नं. प्रदेशको राजधानी मोरङको विराटनगर र सुनसरीको खनारमा ¥यालीसहित सभा गर्ने तयारी भइरहेको छ । यस्तै ४ नं प्रदेशमा पनि अन्तराष्ट्रिय मजदुर दिवस मनाउने तयारी भईरहेको छ । ४ नं. प्रदेशको राजधानी पोखरामा महासंघले ¥यालीसहित वृहत् सभा गर्ने तयारी गरेको छ ।

५ नं. प्रदेशको बुटवलमा ¥यालीसहित सभाको तयारी भइरहेको छ । त्यसैगरी ६ नं. प्रदेशको सुर्खेतमा पनि क्रान्तिकारी ट्रेडयूनियन महासंघले ¥यालीसहित सभाको आयोजना गरेको छ । कंचनपुरबाट प्राप्त समाचार अनुसार ७ नं. प्रदेशको कैलाली र कञ्चनपुरमा पनि ¥यालीसहित सभा हुने जानकारी प्राप्त भएको छ ।

क्रान्तिकारी ट्रेड यूनियन महासंघले यो वर्षको मजदुर दिवस ‘उदारीकरणका नाममा बनेका श्रमिकविरोधी कानुनको विरोध, भण्डाफोर र प्रतिरोध गरौं !, तलव वृद्धि, रोजगारीको सुनिश्चिततालगायत मौलिक हकका लागि संघर्ष गरौ !!’ भन्ने मूल नाराका साथ मनाउँदैछ । मजदुर दिवसको पूर्वसन्ध्यामा जारी गरिएको महासंघको अपीलमा श्रमिक वर्गको न्यूनतम मासिक तलव १८०००।– र दैनिक ज्यालादारीमा १०००।– सुनिश्चित गरिनु पर्ने, स्थायी नियुक्तिको सुनिश्चितता हुनुपर्ने लगायतका मागहरु समेत अगाडि सारिएको छ ।