झापादेखि धनगढीसम्मको सफलता नियाल्दै तरुणदल

2058
views

रिना खनाल
काठमाडौँ, १८ बैशाख । निर्वाचनमा नराम्रोसँग पराजय भोगेको नेपाली काँग्रेसले युवा दस्तालाई बलियो र अग्रस्थानमा राख्नुपर्ने निक्यौल गर्दै पार्टीको भातृसंगठन नेपाल तरुण दलको प्रशिक्षण कार्यक्रमलाई सफलतामा पुर्याएको छ ।

गत चैत्र २५ गते पूर्व झापाको बिर्तामोडबाट प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको प्रारम्भ गरेको तरुण दलले बैशाख १३ गते सुदुरपश्चिमको धनगढीमा भएको कार्यक्रमपछि सफलता मिलेको सो संगठनले जनाएको छ ।

नेपाली कांग्रेसका शिर्ष नेतासमेतको उपस्थितिमा भएको उक्त प्रशिक्षण कार्यक्रम सातवटै प्रदेशमा सम्पन्न भएको र त्यसबाट पार्टी र संगठनलाई थप उर्जा मिलेको संगठनका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए ।

तरुण दल जुर्मुराउदा कांग्रेसर्लाइ थप शक्ति प्राप्त भएको र नेपाल तरुणदल जनताको सेवामा समर्पित छ भन्ने उदारण पनि देखाएको छ काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

पौडेलले भने ‘प्रशिक्षण कार्यक्रमले तरुण दलको प्रशंसा भएको छ, निर्वाचन पछि पार्टीले खासै गतिविधि गर्न नसकिरहेको अवस्थामा नेपाल तरुण दल एकताबद्ध बनेर देसब्यापी प्रशिक्षणमा जुटेको र त्यसबाट सफलता मिलेको छ ।’

नेपाल तरुण दलको केन्द्रिय आयोजनामा भएको सातै प्रदेशको प्रशिक्षणले पार्टीले गर्ने आगामी गतिविधि र नेपाल तरुण दलको उर्जाको समायोजन भएका नेपाल तरुणदलका महासचिव भुपेन्द्रजंग शाहीले जानकारी दिए । तरुण दलको प्रशिक्षण कार्यक्रमले तरुण दलमा आवद्ध युवाहरुलाई थप संठित गरेको र शशक्त रुपामा जनतामा समर्पित हुन प्रेरण मिलेको शाहीले बताए ।

नेपाल तरुण दलले चैत्र २५ र २६ झापा प्रदेश १, चैत्र २९ र३ ० पर्सा प्रदेश २, बैशाख ३ र ४ हेटौंडा प्रदेश ३, बैशाख ६ र ७ पर्वत प्रदेश ४, बैशाख ९ र १० रुपन्देही प्रदेश ५, बैशाख १२ र १३ धनगढी प्रदेश ७ मा प्रशिक्षण अभियान संचालन गरेको थियो ।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शसाङ्क कोइराला, पूर्व महामन्त्री कृष्ण सिटौला, डा.रामशरण महत, बालकृष्ण खाण लगायतका नेता समेतले प्रशिक्षण दिएका थिए ।