वाट्फोर्डमाथि टोटनह्याम हट्सपरको जित

602
views

काठमाडौँ, १८ बैशाख । इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले वाट्फोर्डलाई २–० ले पराजित गरेको छ । गएराति भएको खेलमा टोटनह्यामलाई विजयी गराउन डेले अली र ह्यारी केनले एक–एक गोल गरेका छन् ।

गएरातिको खेलपछि टोटनह्याम हट्सपरले लिगमा शीर्ष चारभित्रको पकडलाई झनै बलियो पारेको छ । चौथो स्थानको टोटनह्यामले ३५ खेलबाट ७१ अंक र्पुयाएको छ । एक खेल बढी खेलेको लिभरपूल ७२ अंकसहित तेस्रो स्थानमा छ । पाँचौ स्थानको चेल्सीको भने ६६ अंकमात्रै छ ।

लिग तालिकामा च्याम्पियन म्यान्चेस्टर सिटीले ३५ खेलबाट ९३ अंक जोड्दा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ७७ अंक छ । लिगमा ३ खेलमात्रै बाँकी रहँदा चेल्सी र आर्सनल शीर्ष चार बाहिर छन्