अखिल (क्रान्तिकारी) नगर अध्यक्षमा-सङकल्प

993
views

पर्वत । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कुश्मा नगरपालिकाको अध्यक्षमा शिव सङकल्प सुवेदी निर्विरोध चयन भएका छन् ।

सोमबार भएको प्रथम नगर भेलाले सङकल्पको नेतृत्वमा ३१ सदस्यीय नगर कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा सन्दिप विक, सजना पिप्ला, सचिवमा दिपक पुरी, सहसचिवमा अजित परियार, राधा शर्मा, कोषाध्यक्षमा सन्देश सुवेदी रेहका छन् ।

त्यस्तै सदस्यहरुमा सुदिप सुवेदी, गणेश केसी, रविन सुवेदी, मनिषा पौडेल, इच्छा सुवेदी, अरुणा शर्मा, राजिन सुवेदी, विमल सुवेदी, रामु अधिकारी, सञ्जु अर्याल, सुरेश परियार, सञ्जय परियार रहेका छन् ।

त्यस्तै अन्य सदस्यहरुमा दिपेन्द्र परियार, अशोक परियार, अन्जित सुवेदी, भुवन पौडेल, याम भण्डारी रहेका छन् । बाँकी ९ सदस्यहरु निर्वाचित कमिटीको पूर्ण बैठकले मनोनयन गर्ने बताइएको छ ।