एकतालाई प्रतिशतमा भागवण्डा गर्न मिल्दैनः पोखरेल

792
views

काठमाडौँ, १८, वैशाख । रक्षामन्त्री एवंं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले–माओवादी केन्द्रबीच हुने पार्टी एकतालाई प्रतिशतमा भागवण्डा गर्न नमिल्ने बताएका छन् । आज अयोजित मजदूर दिवसको अवसरमा राजधानीमा भएको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टी एकता समानताका आधारमा हुने दावी गरे । ‘

दुई पार्टीको एकता अनिवार्य रहेको भन्दै महासचिव पोखरेलले एकता हुनेमा शंका नगर्न नेता कार्यकर्तालाई आग्रह समेत गरे। एकताबाट भाग्ने छुट दुवै पार्टीका नेतालाई नभएको भन्दै उनले दुई कम्युनिष्ट पार्टीबीचको एकता मुलुकको आवश्यक्ता र जनताको चाहना भएको उल्लेख गरे ।

रक्षामन्त्री पोखरेलले आर्थिक विकास र समृद्धिको दिशामा अघि बढन पनि सबै मजदुर संगठनहरुलाई आग्रह गरे। जनताको आकांक्षालाई पूरा गर्ने प्रतिवद्धता पूरा गर्ने ‘काउन डाउन’ सुरु भएकाले सोही अनुसार काम गर्ने उनको दावी थियो । रक्षामन्त्री पोखरेलले जनताको अपेक्षा अनुसार काम नगर्ने राजनीतिक दलहरुको भविष्य नरहेको पनि बताए ।