रियाल मड्रिड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा

779
views

काठमाडौं १९ बैशाख । गएराति रियाल मड्रिडको मैदानमा भएको सेमिफाइनल दोस्रो लेगको खेल २–२ गोलको बराबरीमा सकिएपछि समग्रमा ४–३ को जित निकाल्दै रियाल मड्रिड फाइनलमा पुगेको छ । बायर्न म्युसनिखलाई पाखा लगाउँदै रियाल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

गएरातिको खेलमा बायर्नका जोसुवा किमिच र हामेज रोड्रिग्वजले एक–एक गोल गर्दा रियाल मड्रिडका लागि दुबै गोल करिम बेन्जमाले गरेका थिए । यसअघि बायर्न म्युनिखको मैदानमा भएको पहिलो लेगको खेलमा रियाल मड्रिड २–१ ले विजयी भएको थियो ।

रियाल मड्रिडले अब उपाधिका लागि लिभरपुल र ए.एस रोमाबीचको दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो सेमिफाइनल खेल आज राति ईटालीको रोममा हुनेछ । इङ्ल्यान्डमा भएको पहिलो लेगको खेलमा ५÷२ को जित निकालेको लिभरपुल यो खेलबाट फाइनल पुग्ने सम्भावना बलियो छ ।