चिना, टिपन र आखत नै पर्वत पाङको विकासमा अवरोध

1545
views

महेन्द्र जिसी
पर्वत । भगवान महादेव की अर्धाङ्गनी पार्वती जन्मिएको ठाउँले प्रसिद्ध कुश्मा नगरपालिका–१ पाङमा अक्षर यात्रा कार्यक्रम सम्पन्न गरिएको छ । प्रदेश राजधानी पोखराका साहित्यकारहरुले पार्वती गुफामा पुगेर रचना वाचन गरेका हुन ।

जीवन र जगतको यथार्थ वोधका लागि अक्षरयात्रा’ भन्ने उद्घोषका साथ २०६२ सालदेखि गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले महिनाको तेस्रो शनिबार अक्षरयात्रा साहित्यिक अभियान अनतर्गत कुश्मा नगरपालिकाको पाङमा वाचन गरेको हो ।

रचना वाचन कार्यक्रममा कविहरुले स्थानीय तहको विकासमा जुटेका जन प्रतिनिधिहरुलाई विकास निमर्णमा लाग्न सुझाउँदै कविता वाचन गरेका थिए । कविहरुले पार्वतीको जन्मभूमि पाङको परिचय समेत दिएका थिए । पार्वती गुफामा पुगेका कवि बसन्त गौतमले विकास नभएको भन्दै व्यङ्गात्मक मुक्तक पस्किए ।

मुक्तककार मिर्सिजा पराजुलीले शिवजीको ससुराली नामक मुक्तक प्रस्तुत गरे । साहित्यमा पोखरादेखि पाङ गाउँ र पार्वती गुफा सम्मको प्राकृतिक सौन्र्दयताको वर्णन गरिएको थियो । संस्कृत शिक्षा साहित्य श्लोक बाचनमा र ज्योतिष शास्त्रमा ख्याति कमाएको पाङमा पछिल्लो समय नैतिक शिक्षाको कमि र विकासको अभाव लगायतका विषयमा साहित्यकारहरुले बोलेका हुन ।

मुक्तकमा चिना, टिपन र आखतले पाङको भविष्य कोर्न नसकेको र पछिल्लो शास्त्ररार्थ निरर्थक बनेको साहित्यकारहरुले ओकलेका थिए । विकासमा विज्ञान पनि जोडिनुपर्ने साहित्यकाहरुको मत रहेको हो । अक्षरयात्राको १ सय ५३ औं श्रृङ्खलामा पार्वती गुफा पुगेका यात्रीले झन्डै ४ दर्जन साहित्यिक रचना सुनाएका थिए ।