३३ किलो सुन प्रकरणः अभियुक्तहरुलाई मोरङ अदालतमा उपस्थित गराइयो

711
views

बिराटनगर । ३३ किलो सुनकाण्डमा मुछिएका अभियुक्तहरुलाई जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेका २८ जना अभियुक्तहरुलाई मोरङ अदालतमा बुधबार पेश गरेको हो ।

प्रहरीले अभियुक्तहरुलाई मोरङ अदालतमा लैजाने क्रममा सर्वसाधरण र व्यापारीहरुलाई हथकडी सहित वानटेन गाडीमा लगि अदालतमा उपस्थित गराएको थियो भने पूर्वडीआईजी गोविन्द निरौलासहितका सुनकाण्डमा मुछिएका प्रहरीका वर्तमान र भूपू अधिकारीहरुलाई स्कार्पियो गाडीमा अदालत पु¥याई भेदभाव गरेको थियो । पक्राउ परेका सबै प्रहरी अधिकृतहरुलाई भने प्रहरीले हथकडी नलगाई अदालतमा उपस्थित गराएको छ ।

मोरङ प्रहरीले प्रहरी अधिकारीहरुलाई पश्चिमी गेटबाट अदालतमा छिराएको थियो भने ब्यापारी र सर्वसाधरण लाई पूर्वी गेटबाट । ३३ किलो सुन तस्करी प्रकरणमा वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीसहित २९ जना पक्राउ परिसकेका छन् ।

पक्राउ परेका र फरार
– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ
– थाई एयरवेजका कर्मचारी बालकृष्ण श्रेष्ठ र कपिलराज पुरी
– व्यापारी गोपालकुमार श्रेष्ठ
– व्यापारी दोराम खत्री
– व्यापारी सम्भिरप्रसाद तोलाङे,
– व्यापारी हेमन्त गौतम
– गुन्डा नाइके ‘तक्लु’ भनिने पुण्यप्रसाद लामा
– व्यापारी वीरेन्द्रमान श्रेष्ठ
– थाई एयरवेजका कर्मचारी लालबहादुर मगर
– व्यापारी राजु महर्जन
– व्यापारी, भारतीय नागरिक महावीर गोल्यान
– लाक्पा शेर्पा (हत्या आरोपी)
– मदन घिमिरे (हत्या आरोपी)
– आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य
– जय मातादी गोल्य प्यालेसका सञ्चालक पवन अग्रवाल
– गोरेका सहयोगी मोहन काफ्ले र नरेन्द्र कार्की

प्रहरीतर्फ
– पूर्वडीआईजी गोविन्द निरौला
– एसपी विकास खनाल
– डीएसपी सञ्जय राउत
– डीएसपी प्रजित केसी
– सइ बालकृष्ण सञ्जेल
– जवान विष्णु खड्का

फरार
– एसएसपी श्याम खत्री
– मुख्य अभियुक्त भनिएका गोरे भनिने चूडामणि उप्रेती