सुन प्रकरणः प्रहरीकै गाडीबाट ओसारपसार

794
views

काठमाडौँ । तस्करीको सुन पास गराउन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका तत्कालिन प्रहरी प्रमुखसहितका प्रहरी अधिकारीकै प्रत्यक्ष संलग्नता रहेको भेटिएको छ ।

चुडामणि उप्रेती ‘गोरे’ र भुजुङ गुरुङ समूहको सुन पास गराउनको लागि एसएसपी र प्रहरी अधिकारीकै गाडी प्रयोग गरिने गरेको खुल्न आएको हो ।

सुन तस्करीको आरोपमा पक्राउ परेका ७ प्रहरीमध्ये प्रहरी जवान विष्णुबहादुर खड्काले तस्करीमा संलग्न प्रहरी अधिकारी देखि विमानस्थलमा कार्यरत कमर्चारीहरुको पनि बयान दिएका छन् । उनी एसएसपी खत्री डिएसपी हुँदादेखि नै उनको सवारी चालकको रुपमा कार्यरत थिए ।

विमानस्थलका तत्कालिन एसएसपी श्यामबहादुर खत्रीको गाडीमै राखेर उनले तस्करसम्म सुन लैजाने गरेकोसमेत स्वीकारेका छन् ।