विप्लव नेतृत्वको पार्टीले दियाे उम्मेदवारलाई चेतावनी

725
views

नवदृष्टि संवाददाता
बैशाख, १५, पर्वत। स्थानीय तहको चुनाव खारेज गरौँ भन्ने नारासहित चुनाव बहिस्कारमा उत्रेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारी नदिन चेतावनी दिईएको छ ।। विप्लवका पार्टीका एक नेताले फेसबुक मार्फत यस्तो चेतावनी दिएका छन् । हिजोे साँझदेखि र आज सम्मका स्टाट्समा नेकपाका पोलिटव्युरो सदस्य भरत बमले उम्मेदवारको व्यक्तिगत जीवन हित नहुने चेतावनी दिएका छन् ।
शुक्रवार विहान करिव पौने नौ बजेतिर यो स्टाटस लेख्नुपूर्व नेता बमले हिजोे राती लेखेको स्टाट्समा थियो, ‘अहिले स्थानीय चुनावमा भाग लिनेहरु मुख्य दोषी त हैनन्, तर उनलाई जहाँ हुन्छ, जति सकिन्छ, जसरी हुन्छ, जनकारवाही गर्नुपर्छ किनकि उनीहरुले मुख्य दोषी दलाल राज्य र शासकको अन्धाधुन्ध रक्षा गर्ने गंभीर अक्षम्य गल्ती गर्दैछन् ।’
केहीसमय अगाबै भरत बमकै उक्त आईडिबाट यस्तो स्टाटस सार्वजनिक भएको छ । सामान्यतः देशभरी बिशेषत कथित ६ नम्बर प्रदेशका साथै विशेष रुपले कालिकोटका स्थानीय चुनावका उम्मेदवारहरु तपाईंहरु कृपया कोहि पनि उम्मेदवारी नदिनु होला । यस्ले रास्ट्र र जनताको त हित हुदैन नै, तपाईंहरुको ब्यक्तिगत जिवनको हित पनि हुदैन । यस्ले नयाँ द्वन्द्व ल्याउनेछ र त्यस्को कारक पुरानो सत्ता र तपाईंहरु ठहरिनु हुनेछ अनि इतिहासले हिसाब गर्नेछ, त्यो हिसाबमा आफ्नो हिस्सा लिन हामी तयार छौ तपाईंहरु नि तयार हुनु किनकि यो एकदिनको रमाइलो पक्कै हैन् । उनका स्टाससमा वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० को चुनाव उपयोगको रणनीतिलाई लक्षित गर्दै
अहिले चुनाव उपयोग गर्ने नितिले सारमा पुरानो राज्य व्यवस्थालाई सुदृढीकरण गर्छ किरण कमरेडको इच्छा, आवश्यकता भन्दा पनि विवशता र निरीहता हो चुनाव उपयोगको निर्णय । समेत भनिएको छ ।
चुनाव बहिष्कार विषयका सम्बन्धमा सो पार्टीका धौलागिरी व्युरो ईन्चार्ज पारसमणीले चुनाव खारेज गर्ने रणनीति अन्र्तगत आवश्यक सबै कामकाजको सम्पादन हुने बताएका छन् । उनले भने ‘यो चुनाव दलाल संसदीय व्यवस्थाले घोषणा गरेको चुनाव हो ।’ १९ दिने जनआन्दोलन र जनयुद्वको उद्वेश्य विपरीत घोषणा गरेको चुनाव अवैधानिक भएकोले हामीले बहिष्कार आव्हन गरेका हौं ।’ चुनाव बहिष्कार गर्ने अधिकारलाई राज्यले प्रतिकार गरे जनताबाट उठ्ने भौतिक हतियारलाई पार्टीले व्यवस्थित गर्न वाध्य हुन्छ ।’