वेष्ट ब्रोमसँग टोटनह्याम पराजित, आज लिभरपुल र चेल्सी भिड्दै

648
views

काठमाडौँ, २३, बैशाख । इङ्गलिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरलाई वेष्ट ब्रोमले १–० ले हराएको छ । गएराति भएको खेलको अन्तिम मिनेटमा वेष्ट ब्रोमका जेक लिभरमुरले गरेको एक गोल नै निर्णायक बन्यो ।

प्रिमियर लिगकै अन्य खेलमा क्रिष्टल प्यालेसले स्टोक सिटीलाई २–१ ले हराउँदा वेष्ट ह्याम युनाईटेडले लेस्टर सिटीलाई २–० ले पराजित र्गयो ।

यसैगरी बर्नमाउथले स्वान्सी सिटीलाई १–० ले तथा वाट्फोर्डले न्युकासल युनाईटेडलाई २(१ ले पाखा लगाए । एभर्टन र साउथह्याम्पटनले भने १(१ गोलको बराबरी खेलेका छन् । इङ्लिस प्रिमियर लिग फुटबलमा आज राती तीन खेल हुनेछन् ।

लिभरपुल र चेल्सी आमने सामने हुँदा च्याम्पियन म्यान्चेस्टर सिटीले हडर्स्फिल्ड टाउनसँग खेल्नेछ । यसैगरी आर्सनलको भिडन्त बर्न्लेसँग हुनेछ ।