क्यानडामा बहुसांस्कृतिक मेलाको भव्य तयारी

1219
views

क्यानडामा हुनगइरहेको बहुसांस्कृतिक मेलामा नेपाल पर्यटनबोर्डले सहभागिता जनाउने भएको छ । क्यानडाका लागि नेपाली पर्यटनदूत नर बहादुर टन्डनका अनुसार उक्त मेलालाई सफल बनाउन भव्य तयारी भईरहेको छ ।

नेपालको प्रतिनिधित्व गर्दै बिगत ३ बर्षदेखी नेपाल प्रर्यटन बोर्डले उक्त कार्यक्रममा भाग लिदै आएको छ । नेपाल सहित ७५ देशको कला संस्कृति र बिभिन्न परिकारहरुको प्रदर्शन हुने उक्त मेलाका लागि नेपाल प्रर्यटन बोर्ड, बिभिन्न संघसस्था, उधोग व्यपारिक व्यावसायी, संचारमाध्यम, पत्रकार तथा व्यक्ति विशेषहरुको तर्फबाट बिशेष सहयोग भई रहेको छ ।

उक्त मेलाको स्टलको हसयोगका लागि ब्राम्टन स्थिति चावला रेस्टोरेंटका प्रोपराइटर नाम भुसाल र ब्राम्टन स्थिति नेपाली क्यानेडियन महिला समुहले विभिन्न नेपाली परिकारहरुको व्यवस्था गर्ने भएका छन ।

त्यस्तै गरेर सहयोग गर्नेहरुमा क्यानडाका लागी सांस्कृतिकदूत पुर्ण नेपाली, एनआरएनएका सदस्य आशिर्वाद सुवेदी र रोसन केसी, प्रचार प्रसारमा गैरआवासीय संघ पर्यटन बोर्ड समिति सदस्यद्धय अन्जना भट्टराई र माधव गजुरेल, संचार माध्यमका लागी गोकर्ण लामीछाने, राजु थापा, नमस्ते रेडियोबाट अनिल थापा, नेपालबाट लक्ष्मी के सी, बेद प्रसाद आचार्यले नेपालबाट बहुसांस्कृतिक मेलाको प्रचार–प्रसारलाई तिव्र पारेर उल्लेखनीय भुमिका निभाउदै आएका छन् ।

त्यसैगरी सो मेलाका लागि नेपालको राष्ट्रीय झण्डाको नृत्यमा पुर्णिमा लगायतको टोली, नेपालको हस्तकलाबाट उत्पादित सामाग्रीहरुका लागि रिता तिमिल्सिना र सविता उप्रेती, प्याराग्लाङ्डिका लागि पुन, अन्य सामाग्रीहरुको लागि श्याम वताजु र सुमन ढकाल र नेपाललको चिनारी झल्काउने वस्तु सजावटका लागी विभिन्न प्रर्यटन व्यावसायीहरुले सहयोग गर्नका तत्पर रहेका छन ।

तर यति हुदाँ हुदै पनि दुर्भाग्यवस यस नेपालको पहिचान झल्काउने प्रर्यटन प्रर्वद्धनमा एनआरएनए क्यानडाका पदाधिकारीहरुको कुनै चासो नदेखिएको पनि टन्डनले गुनासो गरेका छन् । ‘

मे २५, २६, २७ र ब्राम्टन जुलाई १५, १६, र १७ मा हुने उक्त मेला कार्यक्रममा आँफू रहेको ठाउँबाट सक्दो सहयोग गरी भव्यताका साथ कार्यक्रम सम्पन्न गर्न पनि टन्डनले सबैलाई अपिल गरेका छन् ।