प्रधानमन्त्रीका कारण त्रिवि सिनेट बैठक स्थगित

824
views

काठमाडौँ, २३ वैशाख । त्रिभुवन विश्वविद्यालयको आजको लागि निर्धारण गरिएको ‘त्रिविसभा’ अर्थात् सिनेट बैठक स्थगन भएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण बैठक स्थगन भएको उपकुलपति प्रा.डा तीर्थ खनियाँले जानकारी दिनुभयो । उपकुलपति खनियाँले प्रधानमन्त्री र शिक्षामन्त्रीसँग छलफल गरेर अर्को बैठक बोलाइने जानकारी दिनुभयो ।

बैठकमा पुराना नियमलाई संशोधन तथा खारेज गर्ने जस्ता कार्यसूची थिए । उपकुलपति खनियाँका अनुसार प्राध्यापक, कर्मचारी र विद्यार्थीका मागलाई सम्बोधन गर्नुपर्ने लगायत सार्वजनिक खरिदसम्बन्धी व्यवस्थाका विषयमा निर्णय गर्ने तयारी गरिएको थियो । शनिबार त्रिविको प्रि–सिनेट बसेर सिनेट बैठकका कार्यसूची तय गरिएको थियो । प्रतिवर्षको दुईपटक मात्र बैठक बस्ने गर्दछ । मुख्य त यो बैठक शिक्षामन्त्रीमार्फत प्रधानमन्त्रीले केपी शर्मा ओली ले नै स्थगन गर्न लगाउनु भएको थियो ।

त्रिवि सिनेट बैठक स्थगन हुँनु दुःखको कुरा पनि हो । यता प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्रीको स्वास्थ्यका कारण सिनेट बैठक स्थगन भएको भन्ने भनाइको खण्डन गरेको छ । प्रधानमन्त्रीन प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक रहेको बताउँदै “प्रधानमन्त्री शनिबार दुई वटा कार्यक्रममा सहभागी हुनुभएको थियो भने आज बिहानैदेखि विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।”

डा अर्यालले सिनेट बैठकमा लैजान लागिएका कार्यसूची नै स्पष्ट नभएपछि प्रधानमन्त्री त्यहाँ सहभागी नहुनु भएको जानकारी दिनुभएको छ ।