आलुमा ऐँजेरू लागेपछि लाप्राकबासी चिन्तित

1658
views

गोरखा । गोरखाको लाप्राकमा आलु साट्न तल्लो क्षेत्रका मानिस भरिया लगाएर चामल लिएर जान्थे । अहिले त्यही ठाउँमा आफूले खाने आलुसमेत उत्पादन हुन छाडेपछि स्थानीयले त्चिन्तासँगै गुनासो गर्न थालेका छन् । लाप्राकको आलुमा ऐँजेरु लागेर सखाप पारेपछि स्थानियले चिन्ता व्यक्त गरेका हुन् । ऐँजेरुका कारण आलु फल्नै छाड्यो, लाप्राकका अगुवा कृषक दुलाल गुरुङले भने मान्छेमा लाग्ने एड्स रोगभन्दा पनि आलुमा लाग्ने ऐँजेरु भयानक हुँदो रहेछ ।

आलु दानामा लाग्ने ऐँजेरु मानिसको शरीरमा मुसा आए जस्तो हो, गुरुङले भने ‘यो आलुको नयाँ रोग पनि हो । पछिल्लो तीन÷चार वर्षदेखि ऐँजेरु देखिन थालेको छ ।’ आलु उतपादन हुन द्धछाडेपछि लाप्राकेहरुको मुख्य खेतीबाली नै सङ्कटमा परेको छ । लाप्राकवासीले उसिनेर पनि त्यही आलु खान्थे भने आलुकै ढिडो, तरकारी समेत खान्थे । आलु खेतीले नै उनीहरुको गुजारा चल्ने गर्दथ्यो ।

लाप्राक धान खेती हुँदैन, आलु उत्पादन नै मुखय खेती भएकोले आलु उत्पादन समेत हुन छाडेपछि खानेबाँच्ने समस्या भएको सोही ठाउँका स्थानीय भक्तबहादुर गुरुङले बताए ।

जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिकले अहिले खेती गरेको स्थानमा आलु नलगाउन सुझाव दिएका छन् । सो ठाउँमा सात वर्ष आलु नलगाउनु समेत भनेको स्थानीयको भनाई छ ।

सो ठाउँमा उत्पदित आलुमा ऐँजेरुको समस्या छ भनेर एक जना किसानले पनि कार्यालयलाई जानकारी नगराएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख यामकुमार श्रेष्ठले भताए । ऐँजेरुको समस्या प्रमाणित भए त्यहाँको आलु अयन्त्र लैजान प्रतिबन्ध लगाउनुपर्ने जिल्ला कृषि विकास कार्यालय प्रमुखको भनाई छ ।