अवैध गिट्टी वालुवा चोरी निकासी गर्नेलाई कार्वाही

1303
views

पर्वत, २५, बैशाख । पर्वत कुश्मा नगरपालिका–५ मोदी खोलाबाट मुक्तिनाथ निर्माण सेवा प्रा.लि.का ३ वटा सवारी साधनहरुलाई अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन तथा संकलन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको प्रहरी टोलीले अवैध गिट्टी वालुवा चोरी निकासी गर्दै गर्दा स्काईभेटर सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक दिपक थापाले जानकारी दिए ।

प्रहरीले ग २ क २१६४ नम्वरको स्काईभेटर, ग १ त २४५५ र ग १ त २३१५ नम्वरको ट्याक्टर समेत नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय पर्वतमा पठाईएको र उक्त कार्यालयले उक्त सवारी साधनहरु उपर ३५ हजार रुपैयाँ जरिवाना गरि छाडिएको प्रहरीले जनाएको छ ।

अवैध गिट्टी, बालुवा चोरी निकासी गर्नेलाई कार्वाहीमा लचकता हुँदा चोरी निकासी तथा उत्खनन्का कार्यहरुमा खासै नियन्त्रण हुन सकेको छैन् ।