श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा

954
views

काठमाडौं । आफैंले गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा लगाउने तयारी भएको छ ।

सोमबार काठमाडौंबाट पक्राउ परेका आचार्यलाई मंगलबार मोरङ प्रहरीले हातहतियार तथा खरखजनामा मुद्दा चलाउने तयारी भइरहेको मोरङ प्रहरी प्रमुख एसपी अरुण बीसीले जानकारी दिए ।

गोली काण्डमा पक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई भने ज्यान मार्ने उद्योग मुद्दामा चलाइएको छ । चौधरी आचार्यका अंगरक्षक हुन् र उनले नै गोली हानेका थिए भने अधिकारीले हतियार व्यवस्थापन गरेको अनुसन्धानबाट खुलन आएको थियो ।

आचार्यमाथि चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह लगाउन पुगेका श्रीनिवासमाथि गोली प्रहार भएको थियो ।