विकास, समृद्धि र स्वामित्व

1229
views

-खडक बोहरा
विकास- सामान्य बोलीचालीको भाषामा विकास भन्नाले क्रमशः सुध्रदै वा बढ्दै गएको स्थितिलाई जनाउँदछ । यसलाई अर्को तरिकाले भन्दा उन्नति, प्रगति क्रमिक परिवर्तनको अवस्था भनिन्छ । यसरी मानवीय जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने पक्षको गुणात्मक र संख्यात्मक परिवर्तनको सार रुप नै विकास हो । मुख्य गरी विकासको बुझाइ विद्यमान भौतिक संरचना निर्माण आएको गुणात्मक र परिमाणात्मक बृद्धि भन्ने बुझिन्छ । तर विकासलाई परिभाषित गरी सिमा निर्धारण गर्न भने त्यति सजिलो छैन । कसैले सामाजिक पक्षको परिवर्तलाई केन्द्रविन्दुमा राख्छन, कसैले आर्थिक प्रगतिको कुरा कसैले समग्र मानवीय पक्षको त कसैले मान्छेको चेनता, ज्ञान र सीपको कुरा गर्दछन । त्यसैले जुनसुकै विकास मानवका लागि मानवीय हितका लागि मानवलाई केन्द्र विन्दुमा राखेर गर्नुपर्दछ त्यही नै वास्तविक विकास हो ।

विकाससँग नागरिक अधिकार, न्याय, समानता गरिबी न्युनीकरण, सीमान्तकृत वर्गको समाबेशीकरण जस्ता कुरा पनि जोडिएर आउने गर्दछन । त्यसैले विकासको मूल मर्म समाज र समुदायका विविधतालाई एकताका साथ गति प्रदान गरेर सबै पक्षलाइ साथसाथै समेटेर लैजानु पनि हो । त्यही नै सन्तुलित र दिगो विकास हो । इतिहासको कालखण्डमा कुनै जाति, वर्ग, समुदाय, क्षेत्र र भूगोल विकासको प्रवाहबाट बाहिर रहेको वा पारिएको हुन सक्छ । त्यसो गर्दा आएका परिणामलाई आजको हामीले गर्न खोजेको विकासले समेटन सकेन भने हामीमा विकास भएन र विकासको चेतना आएन भन्नुपर्ने हुन्छ । समयको प्रवाह युगको गतिको लयमा लय पाइलामा पाइला मिलाएर हिड्न सक्ने कुरा नै न्यायेचित विकास हो ।

कुनै जमानामा वल्लो गाउँदेखि पल्लो गाउँसम्म जाने बाटो थिएन । बाटो खनियो त्यो विकास । बाटो खन्नुपर्छ भन्ने सोच आउनु पहिलो विकास हो । त्यैसैले हामी विकासको अर्थ भौतिक वस्तुको उपस्थितिसँग जोडछौ । गगनचुम्बी महल, फराकिला र चौडा सडक सरर गुडने गाडी लामा लामा रेल उस्तै सुन्दर विमानस्थल र जेट विमानहरुको दैनिक उडान समुन्द्र पारीको यात्रा । सुन्दा कति रमाइलो र आनन्द लाग्छ । तर यसको पछाडी कठोर परिश्रम, त्याग र तपस्याको कुरा विर्सन्छौ । त्यो पुर्खाको देन हो भोलिका सन्ततिका पुर्खा हामी नै हो । यो जस अपजसको श्रेय हामीले लिनै पर्छ । भन्ने भान हुनु र त्यसरी नै विकासलाइ जिवन्त दिनु पर्दछ ।

मानव सभ्यताको यात्रा सुरु भएदेखि विकासको यात्रा र गति पनि सुरु हुन्छ । आदिम जगली युग, कृषि युग औद्योगिक युग हुदै अहिलेको विज्ञान प्रविधिको युगसम्म आइसक्दा विकासको यात्रा अविच्छिन्न रुपमा चलिरहेको छ । चल्ने पनि छ । मान्छेले सबै कुरा आफनै जीवनकालमा देख्न र उपयोग गर्न चाहन्छ तर सम्भव छैन । हिजोको मान्छेले भोगेको एवं उपभोग गरेको वस्तु होस या सुख होस् या सहेको दुख होस त्यस त्यसी रुपमा आज पुनरावृत हुदैन । कथा व्यथा आउछन तर फरक रुप प्रकृतिमा । जुन आजको मानिसको लागि नौलो र अनौठो छ त्यही भोलीको लागि सामान्य हुन जान्छ । त्यसैले गतिशीलता र परिवर्तन संसारको नियम नै हो । यस्लाई सबैले आत्मसाथ गर्नुपर्छ । यही नियम हो विकासको पनि । विकशित देशहरु चन्द्रमाको यात्रा तय गरिरहेका बेला हामी गाउँमा रोड बाटोघाटोकै लागि लडिरिहेका छौ, अल्झिरहेका छौ । माकुराको जालमा झिगा फसै झै । अनि भन्छौ विकास भएन ।

वास्तमा तत्कालका लागि हाम्रो आवश्यकता त्यहि गाउँमा पुग्ने बाटोघाटोको हो । त्यही हो हाम्रो चन्द्रमाको यात्रा । तर त्यही पनि विवाद रहित र न्यायोचित ढंगले सम्पन्न गर्न सकेका छैनौ । हो यहिनेर छ हाम्रो समस्या । अज्ञानता दुरदर्शिताको अभाव । प्रसग र कुरा चन्द्रमा पुगेको वास्तविकता गाउँमा बाटो बन्न नसकेको ।

वास्तमा जतिपनि विकास निर्माणका कार्य गरिन्छन तिनको उदेश्य भनेको मान्छेको दैनिक जीवनलाई सहज बनाउनु नै हो । विकासको मूल मर्म र धर्म पनि त्यही हो । चाहे पुल बनोस या सडक, विजुली बत्तीको विस्तार होस । हामीलाई थाहा भएन कि हामीले गरेका विकास कार्यले हाम्रो चेतनाको स्तरका साथै ज्ञान र सीप नापीरहेको हुन्छ । मुल्याँकन गरिरहेको छ भनेर । वास्तविकतालाई विर्सेर हामी भन्छौ हामीसँग ज्ञान र सीप छ । तर ज्ञान र सीप पनि सयम सापेक्ष परिमार्जन परिष्कार भएन भने जड हुन्छ, भुत्ते हुन्छ, काम नलाग्ने । त्यसैले त्यसमा परिमाजर्न आवश्यक छ ।

नेपालको विकास निर्माणामा भौगोलिक तथा आर्थिक कठिनाइ छन । ती कुरा हिजो पनि थिए भोली पनि रहिरहने छन । भुगोलको स्वरुपमा हामी परिवर्तन गर्न सक्दैनौ तर आर्थिक रुपले मजबुद भयौ भने त्योलाई पनि परिवर्तन गर्न सकिन्छ र सक्छौ ।

त्यसैले विकास मुलतः मान्छे र मान्छेको जीवनका लागि गर्ने । मानवका दैनिक काम कार्य सहज सरल तरिकाले सम्पन्न गर्न गर्ने हो । सबै भन्छन विकास यस्तो हुनुपर्छ उस्तो हुनुपर्छ । हुन पनि गर्न सकिने कुरापनि हो । तर विकासलाई एक पक्षीय तरिकाले गर्नु गल्ती हो । त्यसैले त्यो विकास पश्चात आउने परिणति बारेपनि हेक्का राख्नु आवश्यक छ । सबैमा विकास निर्माणप्रतिको लगाव दृढ इच्छा शक्ति र तत्परता भए सबै सम्भव छ असम्भव केही पनि छैन ।

समृद्धि
संसारका सबै मानिस उन्नति, प्रगति र कल्याण चाहन्छन । त्यसैका लागि अहोरात्र काममा खटिएका छन। प्रकृतिले दिएका स्रोत साधनको अधिकतम उपयोग र उपभोग गरिहेका छन । कोही पनि चाहन्न कि म दुखी बनु मेरा सन्तती दुखी होउन । सबैका चाहना हुन्छ सुखी र खुसी जीवन विताउने हुन्छन । तर सोचे जस्तो एकै पटकमा हुदैन । त्यसको लागि समय लाग्छ । यसको लागि मान्छेले विभिन्न बाटो रोजेको हुन्छ । एउटा सत्य र धर्मको बाटो अर्को ठगी, लुटपाट, चोरी र डकैती । सबैलाई थाहा छ नराम्रो गर्नुहुन्न । अपराध गरे कानुन बमोजिम दण्ड सजाय भोग्नुपर्छ । तरपनि त्यसकै लागि ज्ञान र श्रम खर्चेको हुन्छ । राम्रो कामको लागि भन्दा नराम्रो र अहितकर कामका खर्चेको समयको प्रतिफल कसरी राम्रो आउला र र र त्यसैले समृद्धिका नाममा जे जति कुरा गर्छौ त्यसको दैनिक जीवनको व्यववहारसँग तालमेल हुनुपर्छ । उन्नति अर्थ राम्रो भएको भन्ने हुन्छ । पक्कै पनि खस्केको बर्वाद भएको विग्रेको भन्ने हुदै होइन ।

अहिले हामीले खोजेको समृद्धि हरेक क्षेत्रको गुणात्मक परिवर्तन र बृद्धि हो । हामी चाहन्छै हरके समाज शिक्षित होस, रोजगारी होस गासबास कपासको ग्यारेन्टी होस गुणस्तरीय सन्तुलित जीवन विताउन पाउन ।


अहिले हामीले खोजेको समृद्धि हरेक क्षेत्रको गुणात्मक परिवर्तन र बृद्धि हो । हामी चाहान्छौँ हरेक समाज शिक्षित होस, रोजगारी होस, गासबास कपासको ग्यारेन्टी होस, गुणस्तरीय सन्तुलित जीवन विताउन पाउन ।

सवैलाई सर्वविदितै भएको कुरा हो देश निर्माण र भविष्यको आधार अहिले गरेको लगानी, बनेको संरचनाको गुणस्तर टिकाउपनमा भर पर्छ । उद्योगधन्दा कलकारखाना, रोजगारीको सृजना र ग्यारेन्टी आर्थिक प्रगति र बृद्धि नवप्रवर्तन नयाँ अप्रोचको प्रयोग र विकास कृषि उपादकत्वमा वृद्धि आर्थिक विकास आदि इत्यादि ।

स्वामित्व
जब कुनै वस्तुमा पनि कसैको स्वामित्व हुदैन तब त्यसको रेखदेख र हेरचाह त्यति हुदैन । स्वामित्वले आफनोपनको बोध गराउँछ । स्वामित्वले मनमा यो मेरो या हाम्रो हो भन्ने भावना जगाउँछ। जब कुनै वस्तुके उत्पादन संरक्षणका लागि लगानी, मेहनत र श्रम जोडिन्छ तव स्वामित्वको कुरा आउछ । त्यसैले हरेक विकास निर्माणका कार्यक्रममा स्थानीय जतनाको सक्रिय सहभागिता र वास्तविक लगानी नहुनु आजको विकासको मुख्य समस्या हो । कार्यकारण सम्बन्ध विनाको परिर्वतनको परिकल्पनाले स्मामित्वको बोध गर्दैन र हुदैन पनि । एउटा व्यक्ति जब आफनो घर बनाउँछ कति होशियार हुन्छ । गाहो माटो लगाउन होस या अन्य आर्थिक किफायतीको काममा होस सधै सचेत र सजक हुन्छ पल पलमा । उही व्यक्ति जव सार्वजनिक संरचना बनाउँछ जिम्मेवार भन्दा गैरजिम्मेवार भैदिन्छ। लापरवाही गर्छ । अनि त्यसरी लापर्वाहीले बनाएको विद्यालय वा स्वास्थ्य चौकी भवत अथवा अन्य कुनै संरचना कच्चा भयो भने कस्लाई फाइदा या घाटा हुन्छ त्यसको हिसाब किताब गर्दैन र भन्छ गए मेरो के जान्छ सरकारको जान्छ । यस्ततो साचेले कहिले उभो लाग्छ देश । बनाउने बेला यस्तो भन्छ तर भत्केको बेला भन्छ सरकारले राम्रो बनाएन बजेट थोरै भयो त्यसैले यस्तो भयो आदि, इत्यादि ।

यसरी जानी नजानी जबसम्म हामी दायित्वबाट पन्छन्छोै । हामीले बनाउको संरचना र विकासका निर्माणका कामले हामीलाई नै गिज्याउँछ । चाडै भत्कन्छ । भविष्यमा काम नलाग्ने हुन्छ । समय, श्रम र पैसाको मात्र नोक्सानी हुन्छ । त्यसैले चाहे धाराको टुटी जोडियोस या रेलको डिब्बा जबसम्म सार्वजनिक सम्पतिलाई पनि व्यक्तिले आफनो सम्पती जत्तीकै माया र रेखदेख गर्दैन तबसम्म विकास नारामा मात्र सीमित हुन्छ समृद्दि त कति पर छ । आजसम्म हामी कहाँ भएको यही मुलभूत गल्ती हो । हरेक बर्ष योजना बनेकै हुन्छन । बजेट खर्च भएको हुन्छ । चाहे आर्थिक बर्षको अन्तमा होस या सुरुमा । तर विकासको स्मामित्व न त सरकार लिन्छ न जनता । अनि कस्को लागि विकास ?

त्यसैले अव सुरूवात हुने विकास निर्माणको कामले सबै घरदैलो चिनोस दैनिक उपभोग्य वस्तु जस्तै होस ताकि बर्खाको खहरे खोला नबनोस ।

वित्थडचिर गाउपालिका–३ बझाङ
हाल मार्तडी बाजुरा