मोदी स्वागतका लागि बनाइएका स्वागतद्वार उडायो हुरीले

1063
views

जनकपुर, २६ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत र अभिनन्दनका लागि जनकपुरमा बनाइएका स्वागतद्वार हावाहुरीले भत्काएको छ ।

वर्षासँगै आएको हावाहुरीले मोदी स्वागतका लागि जनकपुरका ठाउँ–ठाउँमा बनाइएका स्वागतद्वार हावाहुरीले ढालेको हो ।

मोदीको नागरिक अभिनन्दनका लागि निर्माण गरिएको मञ्च तथा पण्डाल समेत हावाहुरीले क्षति पु¥याएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले बताए ।

तर भत्किएका स्वागतद्वारा तथा मञ्च चाँडै पुनःमर्मत गरिने मेयर साहले जानकारी दिए। मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिघा मैदानमा पनि पानी जमेको छ । जानकी मन्दिरदेखि बाह्र बिघा मैदानसम्मको सडक समेत हिलाम्मे बनेको छ ।

हावाहुरीका क्रममा पण्डाल निर्माणका लागि ल्याइएएका समाग्री बचाउन खोज्दा केही मजदुर समान्य घाइते समेत भएका छन् । मोदी सवारी हुने सडक तथा नाला मर्मत सम्भार तथा निर्माण गरिदैंछ । सरसफाईलाई समेत तीव्र पारिएको मेयर साहले जानकारी दिए ।