नेपालमा संघीयता सफल हुँदैन– चित्रबहादुर केसी

2976
views

कपिलबस्तु, २६, बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले नेपालमा संघीयता सफल नहुने दाबी गरेका छन् ।

राष्ट्रिय जनमोर्चा कपिलबस्तुको छैठौं जिल्ला सम्मेलनलाई मंगलबार तौलिहवामा संवोधन गर्दै केसीले आर्थिक बिपन्नता र भौगोलिक बिकटताले जटिल अवस्थामा रहेको नेपालले संघीयता थेग्न नसक्ने बताएका हुन् ।

उनले राष्ट्रिय जनमोर्चा संघीय प्रणालीको विरोधी नभएको पनि स्पष्ट पारे । ‘संघीयता एउटा प्रणाली हो । हामी त्यो प्रणालीकै विरोधी होइनौं । बिकासिल मुलुकमा त्यो प्रणाली सफल भएको छ, तर नेपालमा त्यो सफल हुन सक्दैन’, उनले भने ।’