जहाँ दूध बेचेर पानी किन्‍नुपर्छ

753
views

काठमाडौं । गर्मी बढेसँगै खानेपानीको समस्या भएपछि दूध बेचेर पानी किन्‍ने बाध्यता उत्‍पन्न भएको ।भूकम्पले पानीको मुहान सुक्दै गएपछि काभ्रेको देउपर नगरपालिकाका स्थानीय दूध बेचेर पानी किन्न बाध्य भएका हुन्।मण्डन देउपुर नगरपालिका चण्डेनीमण्डनका स्थानीय बिहान बजारमा दूध बेच्ने र पानी किनेर फर्किने गर्छन्।

भूकम्पले पानीको मुहान सुकेसँगै पानीको आवश्यक्ता पूरा गर्न दुध बेचेर पानी किन्ने गरेको स्थानीय हरिप्रशाद नेपालले बताए।भूकम्पपछि चण्डेनीक्षेत्रको माथिल्लो बस्तीमा पानीको मुहान सुकेपछि पानीको हाहाकार भएको छ। ज्याम्दी, जैशीथोक, माहादेवस्थान र चण्डेनीमण्डनका करिब २० हजार परिवार दूध बेचेर पानी किन्न बाध्य छन्।

काभ्रे मण्डनदेउपुर नगरपालिकाकी ३८ वर्षीया मिना श्रेष्ठ एक ग्रागी पानीका लागि दैनिक चार घण्टा बिताउँछिन्। भूकम्पले पानीको मुहान सुकेपछि एक गाग्री पानीका लागि कुवामा घण्टौं लाइन बस्नु उनको दैनिकीनै बनेको छ।

नजिक रहेको पानीको मुहान सुकेपछि खानेपानीका लागि घरभन्दा चार घण्टाको दूरीबाट पानी ओसार्नुपर्ने बाध्यता रहेको श्रेष्ठले दुखेसो पोखिन्। ‘एक गाग्री पानीका लागि पूरै बिहान चार बजेदेखि लाइन बस्न जान्छु, पालो आठ बजे आउँछ।’ उनले थपिन, ‘ कहिले त कुवामा पानी सकिएर रितै फर्कनुपर्छ।’

मिनाजस्तै तेमाल गाउँपालिकाकी फुर्पा लामा पनि एक गाग्रो पानीका लागि दैनिक पाँच घण्टा खर्चनुपर्ने गुनासो पोख्छिन्। ‘हरेक दिन पानीका लागि संघर्ष गर्नुपर्छ, बिहान बेलुका चौसीसै घण्टा पानीको समस्या हुन्छ।’ उनले भनिन,’आधा रातमा पानी भर्न जानुपर्ने, त्यही पनि कहिलेकाहीँ त पाइँदैन।’उनले पानीको अभावमा गाईवस्तुलाई जमेको आकाशेपानी तथा दुषित पानी खुवाउनुपर्ने बाध्यता रहेको गुनासो पोखीन्।

पानीकै समस्याले विद्यालय छुट्ने गरेको ममता श्रेष्ठले बताइन।’घण्टौ लगाएर पानी लिन जानुपर्छ कहिलेकाहीँ पालो कुर्दाकुर्दै ढिला हुन्छ,स्कुल छुट्छ।’ उनले थपिन, ‘स्कुलमा समेत पानी नहुँदा समस्या परेको छ।’

भुकम्पपछि चौरीदेउराली र भुम्लु गाउँपालिकाका टोलमा खानेपानीको हाहाकार भएको छ।पानीको अभावका कारण गाउँमा भूकम्प पछिको पुननिर्माणमा समेत समस्या भएको मण्डन देउपुर नगरापलिका चण्डेनीमण्डनका मदन पौडेलले बताए। अन्नपूर्णपोष्टबाट