सरकारलाई सांसदको दवाव, दुई महिनामै साढे ६ अर्ब सक्ने खेल

694
views

काठमाडौं । सांसदहरुले चाालु आर्थिक वर्षभित्र खर्चने गरी ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’ शिर्षकको ५० लाख र ‘निर्वाचन पूर्वाधार क्षेत्र विशेष’ शीर्षकमा ३ करोड रुपैयाँ तत्काल निकासा गराउन सरकारमाथि दवाव बढाएका छन् । आर्थिक वर्ष २०७४/७५ सकिन दुई महिना मात्र बाँकी रहँदा सांसदहरुले यहि अबधिभित्र खर्च गर्न उक्त रकम निकासा खोजेका हुन् ।

संघीय संसद्मा बुधबार बजेटका सिद्धान्त तथा प्राथमिकता पेस लगत्तै एमालेका करिब ३५ सांसद भेला भई प्रधानमन्त्री केपी ओलीलाई बजेट निकासका लागि अनुरोध गरेका हुन् ।

माओवादी केन्द्र र अन्य राजनीतिक दलका सांसदले पनि तत्काल निकासा दिन जोड दिएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेका अधिकांश सांसद पनि निकासामै पक्षमा छन् । नयाँ बजेट आउनै लाग्दा यो रकम निकासा दिँदा राज्यलाई ६ अर्ब ६३ करोड रुपैयाँको आर्थिक भार थपिने छ । आजको कान्तिपुर दैनिकबाट