कुलतमा फस्दै विदेशीएका युवा

745
views

काठमाडौं । राजधानीमा बसिरहेका उज्जवल प्लस टु पास गरेपछि परिवारसँगै अष्ट्रेलिया गए । उनी मेलबर्नमा बस्न थाले, परिवार अकै राज्यमा । ८ कक्षा पढ्दै मदिरा पिउन सिकेका थिए । त्यहाँपुगेपछि उनी झन स्वतन्त्र भए । मदिरा सेवन बढाउँदै गए । ‘पढाइमा मन गएन । बरु कुनै काम गर्छु’ भने बुढानिलकण्ठस्थित एक पुनःस्थापना केन्द्रमा बसिरहेका उनले भने, ‘सार्वजनिक स्थलबाहेक अन्य सबै ठाउमा मादक पदार्थ खान स्वतन्त्र थिए । भेटेजति ड्रग पनि सेवन गर्न थाले ।’ एकदिन घरमै पार्टी चलिरहेको थियो । उृनी चुरोट किन्न बाहिर निस्के । त्यसपछि के भयो उनलाई थाहा छैन । अचानक आँखा खुल्दा उनी अस्पतालमा थिए । अत्यधिक ड्रग सेवन गरेर हिडुदा उनी ओभरब्रिजबाट व्यस्त सडकमा खसेर गम्भीर घाइते भएका उनीलाई चिकित्सकले बाँच्ने सम्भावना १० प्रतिशत मात्र रहेको भनिदिए । उनको टाउको र करङको हड्डी भाचिएको थियो ।

हाल उनी काकाको सहयोगमा पुन ः स्थापना केन्द्रमा छन् । नेपाल आएको ५ महिनामा उनले मादक पर्दाथ सेवन गर्न छाडेका हु्न् ।

यी त उदाहरण मात्र हुन् । यस्तै कुलतमा फसेकाहरु विशेष गरेर पश्चिमा मुलुकमा बसाइ सरेर जानेहरु कुलतमा फस्ने गरेको नार्कोनन् नेपालमा बसन्तराज कुँवरले बताए । पुन स्थापना केन्द्रमा आएकको अनुभव हेर्दा नेपालमा झण्डै ८० प्रतिशत जतिले कक्षा ८ पढ्दा देपखनै लागुपर्दाथ सेवन गरेको देखिन्छ । उक्त रिहाव सेन्टरमा भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया हङकङ पुगका नेपाली रहेका छन् । आजको कान्तिपुर दैनिकबाट