हावाहुरीले प्रदेश २ मा तीनको मृत्यु

878
views

काठमाडौँ २७, बैशाख । बुधबार बिहान आएको तीब्र गतिको हावाहुरीले सिरहा, महोत्तरी र धनुषामा तीन जनाको मृत्यु भएको छ ।

हावाहुरीले घर भत्काउँदा च्यापिएर सिरहा मिर्चैया नपा १० का ७० वर्षीया सगुनी महतोको मृत्यु भएको सिरहा प्रहरीले जनाए । हावाहुरीले पिलर भाँचिएर सुखीपुर नपा ९ का अशोक गुप्ताको घर बनाउन लागेका मिस्त्री सप्तरी रुपनगरका २६ वर्षीय श्रीप्रसाद सरदार गम्भिर घाइते भएका छन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार दाउराका लागि जंगल जाने क्रममा हावाहुरीले ढालेको रुखको हाँगाले गम्भिर चोट लाग्दा गौशाला नपा १२ की ३५ वर्षीया फूलवदन देवी महराको मृत्यु भएको छ । त्यस्तै धनुषा क्षिरेश्वरनाथ नपा ५ का करिब ५५ वर्षीया दुःखी दासको घर भत्किँदा च्यापिएर मृत्यु भएको हो । हावाहुरीले सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाहीलगायत प्रदेश २ का सबै जिल्लामा ठूलो क्षति र्पुयाएको छ ।

हावाहुरीले प्रदेश २ मा हजारौं घरको छाना उडाएर करोडकौंको क्षति र्पुयाएको छ । सिरहा सुखिपुर ६ का रामचन्द्र यादबले यहाँका करिब १५ जनाको फुसको घर हावाहुरीले भत्काएपछि करिब करोडौंको क्षति भएको बताए ।