मोदी भ्रमणमा सिंगारिएका स्वागतद्वार हावाहुरीको प्रकोपमा

1014
views

जनकपुरमा वैशाख २५ को राती आएको हावाहुरी र वर्षाले क्षति पुऱ्याएको स्वागतद्वार । जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि दर्जनौँ संख्यामा स्वागतद्वारहरु निर्माण गरिएका छन् ।

यिमध्ये जनकपुरधाम विमानस्थलदेखि जानकी मन्दिरसम्म बाटो बनेका करिव दुई दर्जन स्वागतद्वारहरुमा हावाहुरीले क्षति पुगेको छ ।

मोदी भ्रमणका लागि जनकपुर, काठमाण्डौ र मुक्तिनाथसम्म सरसफाई र स्वागतद्वार बनाइएका छन् ।