एमालेले घोषणापत्र सार्वजनिक गर्दै

635
views

काठमाडौ, १५, बैशाख । नेकपा एमालेले आज निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजिनक गर्ने भएको छ । त्यसका लागि एमालेले पार्टी कार्यालय धुम्बराहीमा स्थायी समिति बैठक बोलाएको छ । दिउँसो २ बजे बस्ने बैठकले सम्भवत घोषणापत्र सार्वजनिक गर्ने नेता कृष्णगोपाल श्रेष्ठले बताए । यसअघि चार दिनयता लगातार बसेको स्थायी कमिटि बैठकमा घोषणापत्र र उम्मेदवारबारे व्यापक छलफल भएको थियो ।
आजको बैठकले घोषणापत्रलाई अन्तिम रुप दिनुका साथै काठमाण्डौ महानगरापालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरुमा पार्टीले उठाउने मेयर तथा उपमेयरको समेत टुङगो लगाउने एमाले नेताहरुले बताएका छन् ।