तरुण दलले जिल्ला र स्थानीय तहमा प्रशिक्षण सञ्चालन गर्ने

661
views

काठमाडौं, २७ बैशाख । प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको नेपाल तरुण दलले फेरी जिल्ला र स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । तरुण दलले चैत २५ देखि वैशाख १३ गतेसम्म सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले बताए ।

शाहीले आगामी जेठ ५ गतेदेखि ७७ वटै जिल्ला र स्थानीय तहमा प्रशिक्षण सञ्चालन गर्ने जानकारी दिए । शाहीले जेठ ५ गते सबै जिल्लामा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम, जेठ १२ गते सम्पूर्ण महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा प्रशिक्षण र चैत १९ मा सम्पूर्ण वडामा प्रशिक्षण दिन लागेको जानकारी दिए ।