मोदी आउँदैः जनकपुरमा हवाई गस्ती

948
views

जनकपुरधाम, २८, बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लक्षित गरी जनकपुरमा हवाई गस्ती सुरू गरिएको छ । जनकपुरमा अहिले सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।

शुक्रबार बिहानैदेखि दुईवटा हेलिकप्टरबाट नेपाली सेनाको टोलीले गस्ती गर्दै आएको छ मोदी दुई घण्टासम्म रहुन्जेल हवाई गस्ती जारी रहने नेपाली सेनाले जनाएको छ । जनकमपुरमा आपतकालिन र भीआईपीका गाडी मात्रै चल्न दिइएको छ ।