मोदीको स्वागतमा जनकपुरमा सर्वसाधारणको घुइँचो

1049
views

जनकपुर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिइने नागरिक अभिनन्दनका लागि स्थानीयहरुको विहानैदेखी घुईचो लागेको छ । जनकपुरस्थित १२ विघा मैदानमा स्थानीयहरुको घुइँचो लागेको हो । १२ विघा मैदानमा आसपास जिल्लाका मानिसहरु पनि जम्मा भएका छन् ।

यता जानकी मन्दिरमा पनि पूजाको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । अहिले मन्दिर परिसरमा मानिसहरूको भीड लागेको छ । गाउँगाउँबाट मानिसहरु आएका छन् । प्रदेश २ का सबै स्थानीय तहले पनि बसमा जनता ल्याउने क्रम जारी रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज जनकपुरमा नागरिक अभिनन्दन गरिँदैछ ।