मोदीलाई जानकी मन्दिरमा ओलीको स्वागत

831
views

जनकपुर, २८, बैशाख । प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जनकपुरको जानकी मन्दिरमा स्वागत गरेका छन् ।

मोदीभन्दा एक घण्टा अगाडि पुगेका ओलीले मन्दिरको गेटमा स्वागत गरेका हुन् । मोदीले अहिले मन्दिरमा पुजा गरेका छन् । पुजापछि दुई प्रधानमन्त्रीले रामायण सर्किट र अयोध्या–जनकपुर सिधा बस सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

दुई प्रधानमन्त्रीको भेष एकै खालको रहेको छ। दुवैले घ्यु रंगको कुर्ता र सेतो पाइजामा लगाएका छन् भने दुवैले गम्छा भिरेका छन्। यो पोशाक तराई मधेसको पोशाक हो ।