सवा अर्ब हिन्दुस्तानीको सम्मान भन्दै ओलीको प्रशंसा

608
views

जनकपुर, २८, बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारको प्रशंसा गरेका छन् । मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मेरो स्वागतमा जनकपुर आइपुग्नुभएकोमा धेरै खुसी रहेको बताए ।

‘भारतको पहिलो प्रधानमन्त्रीका रुपमा आज जनकपुरमा आइपुगेको छु । राजा जनकको माता जानकीलाई प्रणाम गर्ने शौभाग्य पाउँदा हर्षविभोर छु ।’

‘नेपालका आदरणीय प्रधानमन्त्री मेरो भाइ सा’व आदरणीय ओलीजी स्वयम् काठमाडौँबाट आएर मेरो स्वागतको प्रवबन्ध गर्नुभयो’, उनले भने, ‘माता जानकीको दर्शनको उत्तम प्रबन्ध गर्नुभयो । नेपालले दिएको स्वागत दिएको हजारौँ वर्षको सम्मान हो । सबा सय करोड हिन्दुस्तानीको सम्मान हो ।’

रामायण सर्किटको भ्रमण दुवै देशका तीर्थ यात्रीका लागि खुसीको भएको पनि मोदीले बताए । ‘उत्तर प्रदेश र बनारसले मलाई संसद बनायो, सवा सय करोड भारतीयले प्रधानमन्त्री बनाए’, उनले भने, ‘जनकपुर–अयोध्याको नाता अविस्मरणीय र अटुट छ । जनकपुर–अयोध्या सीधा बस सेवा सुरु हुँदैछ । म प्रधानमन्त्रीजीको प्रशंसा गर्छु ।