जनकपुरमा मोदीलाई १२१ किलोको माला

806
views

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोको तीनवटा मालाको सम्मान दिइएको छ । उनलाई प्रदेशसभा २ सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोको छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् ।

जनकपुरमा मोदीलाई नागरिक अभनिन्दन पनि गरिएको छ । जनकपुरको रंगभूमि मैदानमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले उनलाई अभिनन्दनपत्र प्रदान गरेका हुन् ।

अभिनन्दन कार्यक्रममा संघीय सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले भारतसँगको सम्बन्धका विषयमा नेपाल अतीतमुखी नभइ भविश्यमुखी भएर अघि बढ्न चाहेको बताएका छन् ।

नेपाल र भारतको सम्बन्धको आधार भातृत्वको अनुभूति, राष्ट्रिय स्वाभिमानको सम्मान र आपसी समझदारी रहेको पनि रक्षामन्त्री पोखरेलले बताए ।